- शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् ।
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् ।
उनले पछिल्लो समय लागुऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए ।
‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रुपमा देखिएको छ,’ गृहमन्त्री लेखकले भने,‘लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै सुरुवता गरोस् ।’
उनले लागुऔषधले घर घरका बालबालिकाहरु प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रुपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।
त्यसैगरी उनले निजी तथा आवासिय विद्यालयहरुले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भुमिका रहेको बताए । उनले शिक्षाको क्षेत्रमा निजी र आवासिय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको ब
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’